काठमाडौं । चुरे संरक्षणमा मन्त्रालय संवेदनशील रहेको वन तथा वातावरण मन्त्रालयले स्पष्ट पारेको छ । बुधवार मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेलले विज्ञप्ति जारी गर्दै चुरे संरक्षणमा आफूहरु संवेदनशील रहेको स्पष्ट पारेको हो ।
विज्ञप्तिमा चुरे, भावर, शिवालिक र नदी प्रणाली बाहेकका खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय अध्ययनको आधारमा उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने नेपाल सरकारको नीतिगत दृष्टिकोण रहेको भन्दै नीति, कानुन तथा मापदण्डको पूर्ण परिपालन गराउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख छ ।
सरकारले चुरे क्षेत्रबाट ढुंगा, बालुवा र गिट्टी निकासीको विषय आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको विषयमा तीब्र विवाद भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै चुरे संरक्षणमा आफूहरु संवेदनशील रहेको स्पष्ट पारेको हो ।
मन्त्रालयले खानी तथा भूगर्भ विभागसँग समेत समन्वय गरेर वातावरणीय प्रभाव नपर्ने ठाउँबाट मात्रै ढुंगा, गिटी र बालुवा उत्खनन् गरिने स्पष्ट पारेको छ ।