शनिबार, माघ २५, २०७६ || 1367  पटक पढिएको

हिपमत डटकम ,२५ माघ ः हातिपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियान सुरु भएको छ । मोरङ विराटनगर महानगर नगरपालिकाका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी निगरानीमा औषधी खुवाउन थालिएको हो । शनिबार महानगर परिसरमा एक समारोहका विच महानगरका कार्यवाहक प्रमुख ईन्दिरा कार्कीले हात्तिपाईलेको औषधि खाएर कार्यक्रमको उद्घाटन गर्नुभयो ।
अघिल्ला वर्षहरुमा पनि निरन्तर खादै आएको र सबैले हातिपाइलेबाट बच्नका लागि अनिवार्य औषधी सेवन गर्न कावा प्रमुख कार्कीले अनुरोध गर्नुभयो । विश्व बजारबाट गुणस्तर मापन गरेर तयार गरिएको औषधी अनिवार्य रुपमा सेवन गर्न उहाँँको सुझाव थियो । धिमालसंगै वडा सदस्यहरुले पनि औषधी सेवन गरेर सबै वडाबासीले औषधी सेवन गर्न अनुरोध गरेका छन् । वडाका विभिन्न टोलहरुमा महिला स्वास्थ्य सयमंसेविकाहरुको सहयोगमा तालिम प्राप्त स्वास्थ्यकर्मीले औषधी वितरण गरिरहेको महानगरका स्वस्थ्य शाखा प्रमुख रमेश कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!