मोरङ । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ३ स्थित पुतली चौकमा वैशाख २० गते सिता भनिने पुतली खवास मकैबारीमा मृत अवस्थामा फेला परेकि थिईन । १६ बर्षीय खवासको मृत्यु भएको एक महिना हुन लाग्दा समेत प्रहरीले अनुसन्धानमा बेवास्ता गरेको भन्दै न्याको खोजिमा आफ्न्तहरु पत्रकार सामु आईपुगेका छन् ।

मृतकका ठुलोबुवा शिवचरण चौधरीको अनुसार मेरो छोरी स्थानीय प्रकाश खड्काको मकैबारिमा मृत अवस्थामा भेटिएको महिना दिन बितिसक्दा समेत ईलाका प्रहरी कार्यलय पथरी र जिल्ला प्रहरी कार्यलय मोरङले अनुसन्धानमा बेवास्ता गरेर पिडित लाई न्याय दिनुको साटो अझै पीडा दिएको बताएका छन । मकैबारीमा घोप्टो अवस्थामा भेटिएको लासलाई प्रकाश खड्काले आफ्नै आँगनमा ल्याएको उनले बताए । घर देखि ३ सय मिटर टाढामा रहेको मकैबारीमा मृत अवस्थामा फेला परेको थियो । सो खेतमा ६ ईन्चि जति मात्रै पानी रहेको भएपनि प्रहरीले पानिमा डुवेर मृत्युु भएको जवाफ दिए पछि आफुले न्याय नपाएको दुखेसो पोखेका छन् ।

उनले भने १६ बर्ष को उमेर सम्म छोरीको कुनै पनि दिर्घ रोगहरु नभएको र शरीरमा समेत कुनै चोटपटक नदेखिएको हुनाले उनको हत्या भएको आरोप लगाएका छन् । उनले भने ३ बजे सम्म छोरीले खड्का परिवारको गाई, बाख्रा ल्याएको ४ बजे मकै बारीमै लास भेटिएको र प्रकाश खड्का आफैले कतै पानीमा पो डुवेको छे कि समेत भनेको उनले बताए । पछि छोरीको लास पानीमा नै मृत भेटिपछि थप आशंका बडेको ठुलोबुबा शिवचरणले बताए । मृतक युवती खडकाको घरमा कहिले काँही विहान वेलुका गाई बाख्रा खुटने ल्याउने काम गर्दै आइरहेको ठुलो बुबा ले बताए ।

बैशाख २० गते साँझ ३ः३० बजे हरियो मकै पोलीखान्छु भनेर मकै टिप्न गएको र ४ बजे सोही ठाउँमा मृत अवस्थामा फेला परेकी थिईन । मृतक परिवारका अनुसार सधै काम गर्न जान्थी कहिले दिदी त कहिलै बहिनी उसको भवितव्यं मृत्यु नभएर हत्या गरिएको उनका बुवा पन्च चौघरीले आरोप लगाएका छन् । अहिलेसम्म प्रहरी राम्रो संग अनुसन्धान नगर्दा आफूहरुले न्याय नपाएको समेत गुनासो गरे । मृतक बुवाका अनुसार प्रहरीले चाडो भन्दा चाडो दोषि पत्ता लगाएर कार्वाहीको माँग समेत गरेका छन् । पिडित परिवारले मृत्यु भएको केही दिन पछि प्रकाश खड्कालाई पथरी प्रहरी कार्यलय जाउ भन्दा समेत उनी जान नमानेको हुनाले आफुहरुलाई थप आशंका उत्पन्न भएको आफन्तले बताए ।

यता ईलाका प्रहरी कार्यलय पथरीका डी एस पी प्रकाश खड्का संग उक्त घटनाको बिषयमा जानकारी लिन खोज्दा घटानाको अनुसन्धान जिल्ला प्रहरी कार्यलय मोरङले गरिरहेको भन्दै आफू पंछिन समेत खोजेका छन । मोरङका डिएसपी मानवहादुर गुरुङले उक्त घटनाको अनुसन्धान भईरहेको र पोष्टमार्टको रिपोर्ट आउन बाँकी रहेको हुनाले रिपोर्ट आएपछि थप अनुसन्धान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!