हिपमत डटकम

बुधबार, जेठ १९, २०७८ || 676  पटक पढिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले चीनबाट खोप आएलगत्तै खोप अभियान २५ गतेदेखि सुरु गर्ने निर्णय भएको बताए। २५ गतदेखि देशभरका खोप लिन बाँकी ६० देखि ६५ वर्ष उमेर समूहलाई दिइनेछ। चीन र अमेरिकाबाट खरिदबाट खोप आउने सम्भावना रहेको कुराप्रति संकेत गर्दै खोप प्रक्रिया निरन्तर अघि बढ्दै जाने मन्त्री त्रिपाठीले बताए।

‘खोप आउँदै गर्छ, खोप दिँदै जान्छौं,’ उनले भने। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार पाँच दिनभित्र सबै जिल्लामा पठाउने र २५ गतेदेखि खोप अभियान सुरु ग र्ने निर्णय भएको छ। यसअघि ६५ वर्ष माथिकालाई ६३ जिल्लामा र १४ जिल्लामा ५५ वर्षमाथिकालाई खोप दिइसकिएको छ। चीनबाट आएको १० लाख खोपमध्येमा ५ लाख मात्र दिने तयारी भएको छ। चीनबाट थप खोप आउने निश्चित भएपछि बाँकी सबैलाई लगाइने महाशाखा प्रमुख तारानाथ पोखरेलले बताए। नेपालमा ६० देखि ६४ वर्षका ८ लाख ५० हजार जनसंख्या रहेको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!