हिपमत डटकम

मंगलबार, जेठ १८, २०७८ || 588  पटक पढिएको

सोमबार ४५ अंकको ओरालो लगेको नोप्से परिसूचक मंगलवार समेत ११.६८ अंकले घटेर २७७१.१५ विन्दुमा झरेको छ । यस दिने सेन्सेटिभ इन्डेक्स पनि ३.२३ अंकले घटेर ४९७.३२ विन्दुमा झरेको छ ।

सोमबार १३ अर्ब बढीको शेयर कारोबार भएको बजारमा मंगलबार ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार १७७ को कारोबार भएको छ । यस दिन २१६ वटा कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

मंगलवारको कारोबारमा कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने लुम्बिनी विकास बैंक ८.२५ प्रतिशत, गोर्खाज फाइनान्स ७.९७ प्रतिशत, समिट लघुवित्त ७.८७ प्रतिशत, महालक्ष्मी विकास बैंक ५.४३ प्रतिशत र नेपाल पुनर्बिमा कम्पनी ४.६२ प्रतिशतले बढेको छ ।

यस दिन दिब्यश्वरी हाइड्रोपावर सर्वाधिक ५.०२ प्रतिशतले घेको छ भने खानीखोला हाइड्रोपावर ४.२१ प्रतिशत, जोशी हाइड्रोपावर ४.१७ प्रतिशत र आँखु खोला हाइड्रो ४.१२ प्रतिशतले घटेको छ ।

मंगलवारको कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५७ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने लुम्बिनी विकास बैंकको ३० करोड ३८ लाख, राधी विद्युतको २३ करोड ३५ लाख, युनाइटेड मोदी हाइड्रोको १६ करोड ५३ लाख र एशियन लाइफ इन्स्योरेन्सको १६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस दिन ३ उपसमूहको सूचक सकारात्मक देखिए पनि अन्य १० उपसमूहको सूचक रातोमय देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!