हिपमत डटकम

सोमबार, जेठ १७, २०७८ || 678  पटक पढिएको

१७ जेठ, काठमाडौं । निर्वाचन घोषणा गरेको सरकारले पूर्ण बजेट ल्याएको भन्दै आलोचना भएका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरुले नै बजेट कार्यान्वयन गर्ने बताएका छन् । मन्त्री पौडेलले मध्यावधि निर्वाचनपछि पनि आफूहरुले नै सरकार बनाउने र बजेट कार्यान्वयन गर्ने दाबी गरेका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८÷ ७९ को बजेटका विषयमा सोमवार गरेको छलफलमा अर्थमन्त्री पौडेलले ‘आज बजेट जसले प्रस्तुत गरेको छ, त्यसैले बजेट कार्यान्वयन गर्छ,’ बताएका छन् ।

उनले विभिन्न मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गरी बजेट कार्यान्वयनलाई तीव्रता दिने तयारी गरिरहेको पनि बताए । उनले बजेटबारे अहिले विरोधका लागि मात्र विरोध भइरहेको भन्दै तथ्यमा रहेर विरोध गर्ने कुनै विषय विपक्षीसँग नरहेको दाबी गरे । उनले रहरका कारण नभई परिस्थितिले चुनावमा जानुपरेको भन्दै सरकारले बजेट ल्याउनु पर्ने नियमित अभिभाराबाट अलग बस्न नमिल्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!