हिपमत डटकम
काठमाडौं,२४ माघ : युरोपेली देश बेल्जियम । यहाँको जनसंख्या १.१४ करोड छ । यहाँ करिब ९० प्रतिशत मानिसले वातावरण प्रदुषण हुनबाट रोक्न र फिट रहन साइकलको प्रयोग गर्छन् । यस्तोमा बेल्जियमको अदालतले एक साइकल चोरलाई तीन वर्षको जेल सजाय तोकेको छ । अदालतले साइकल चोरी भएका कारण पीडितले कार चलाउनुपर्‍यो जसका कारण धुँवाले पर्यावरण दुषित पार्‍यो । अदालतले यो सजायलाई ‘इकोलोजिकल क्राइम’ नाम दिएको छ । ब्रसेल्सका ४० वर्षीय एक व्यक्तिले सन् २०१८ को अक्टोबरमा एउटा साइकल चोरेका थिए । यसका लागि पीडितले उजुरी दिएका थिए । केही समयपछि पुलिसले चोर पक्राउ गरे जुन अदालतसम्म पुग्यो । सुनुवाईको क्रममा न्यायाधीसले भने, ‘आरोपीले प्रदुषण बढाउन भूमिका निभाएका छन् जसलाई नजरअन्दाज गर्न सकिँदैन । यसका लागि उनलाई तीन वर्षको जेल सजाय हुनेछ । यतिमात्रै होइन न्यायाधीसले आरोपीको मुद्दा लड्ने र उनको रक्षार्थ खटेका वकिललाई पनि सजाय सुनाइएको छ । आरोपी ४४ पटा पक्राउ परेर १२ वर्षको सजाय काटिसकेका छन्
स्थानीय मिडिया अनुसार साइकल चोर्ने ती व्यक्ति सन् १९९५ देखि २०१९ को बीचमा ४४ पटक पक्राउ परिसकेका छन्े । साथै यो मामलामा उनले १२ वर्षको जेल सजाय काटिसकेका छन् । यति हुँदा हुँदै पनि उनले साइकल चोर्न छोडेनन् । उता युनिभर्सिटी अफ एक्सेटरका प्राध्यापक क्याटरियोना म्याककिनोनले भने, ‘चोरलाई सजाय दिनु सही हो तर पर्यावरणको हवाला दिनु नियमविरुद्ध हो ।’ ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरुको अर्बौं लगानी जोखिममा परेको छ । अनधिकृत खरिदबिक्री गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गामध्ये केही जग्गाधनीहरुले सोही जग्गा धितोमा राखेर अर्बौं ऋण लिएका थिए । जग्गा जफत हुने अवस्था र दोषीलाई कारबाहीको समेत माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि यस्तो जोखिम देखिएको हो ।अख्तियार स्रोतका अनुसार बैंकहरुले ललितानिवासमा करिब ३ अर्ब रुपियाँ लगानी गरेको खुल्न आएको छ । अख्तियारले विवादित क्षेत्रको जग्गा धितो राखेर व्यक्ति विशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपियाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रवाह भएको देखिएको जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!