हिपमत डटकम

मंगलबार, माघ १४, २०८२ || 1034  पटक पढिएको

रौतहट । रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामामाथि हातपात भएको छ भने उनी सवार गाडीमा समेत तोडफोड गरिएको छ। सोमबार नगरपालिका कार्यालय परिसरमै आफूमाथि कुटपिट र दुर्व्यवहार भएको उपमेयर लामाले बताइन्।

उनका अनुसार मेयर सन्तलाल चौधरीको इशारामा वडा नम्बर १ का स्थानीय महिलाहरूको समूहले कार्यालय परिसरमै आएर आफूमाथि हातपात गरेको हो। यसअघि मेयरका नातेदारले आफू सवार प्रदेश २–०३–००१ झ ००२१ नम्बरको गाडी गुजरा–१ र ९ को सिमानामा पर्ने लमाहा खोलामा रोकेर तोडफोड गरेको उनको दाबी छ।

उपमेयर लामाले वडा नम्बर १ मा सहकारीमार्फत भइरहेको मलखाद वितरणमा नयाँ डिलर दर्ता गराउन मेयर पक्षबाट दबाब आएको तर आफूले कानुनअनुसार मात्र काम गर्न निर्देशन दिएको बताइन्। यही विषयलाई लिएर आफूमाथि आक्रमण र गाडी तोडफोड गरिएको उनको आरोप छ।

घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा लिखित उजुरी दिने तयारी रहेको उपमेयर लामाले जानकारी दिइन्।

नगर कार्यपालिका सदस्य विजय साह बानियाँले पनि घटनामा मेयर पक्षका स्थानीय व्यक्ति तथा आफन्तको संलग्नता रहेको आरोप लगाउँदै निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरे।

यता, मेयर सन्तलाल प्रसाद चौधरीले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। उनका अनुसार किसानले समयमा मल नपाएको आक्रोशका कारण विवाद उत्पन्न भएको र उपमेयरको असंयमित व्यवहारले अवस्था बिग्रिएको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डीएसपी रुपा लाबुङले घटनाबारे जानकारी आएको र आवश्यक अनुसन्धान भइरहेको बताइन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा मेयर चौधरी जसपाबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए भने उपमेयर लामा नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!