हिपमत डटकम
रंगेली, २३ माघ:१ नं.प्रदेशकै बढी भक्तहरुको चाप रहने मोरङको रंगेली नगरपालिका ७ स्थित रहेको संसारीमाई स्थान मन्दिरमा गएराती चोरी भएको छ ।मन्दिर बाट सानो पितलको मुर्ति सहित करिव सय तोला चादीको गहना चोरी भएको छ ।मन्दिर बाट ५० तोलाको छत्र सहित एक थान मुकुट, ३ थान त्रिशुल, ३ थान सिक्री, र गणेशको मुर्ति चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव कुमार श्रेष्ठले जानकारी दिए ।.

सि.सि.क्यामेरामा राति करिव १० बजेर ५४ मिनेटमा मन्दिरको घेरा नाघेर मुख्य मन्दिर भित्र छिरेर माता संसारीलाई लगाएको गरगहना चोरी भएको रेकर्ड रहेको श्रेष्ठले बताए ।उनले मुख्य मुर्ति भने चोरी नभएको बताए । यता इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले मन्दिरमा जडान रहेको सि.सि.क्यामेरा मा घटना रेर्कड भएकाले फुटेज बाट घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए ।
यसअघि समेत मन्दिरका गहना चोरी भएपछी मन्दिर समितिले एक वर्ष अघि मन्दिर परिषरमा ७ वटा सिसिटिभि जडान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!