हिपमत डटकम

सोमबार, जेठ ०३, २०७८ || 670  पटक पढिएको

सोमबार ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँ बराबरको १ करोड ९० लाख ५६ हजार २३९ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीर्ताले कमाएका छन् । कम्पनीको शेयरमुल्य आज १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य आज १० प्रतिशतले बढेको हो । सोमबार ८८ रुपैयाँ ले बढेर प्रतिकित्ता शेयरमुल्य बढेर ९६८ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । त्यस्तै, समता लघुवित्तको पनि प्रतिकित्ता १२८ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ । लघुवित्तको ९.९८ प्रतिशतले शेयरमुल्य बढेको हो ।

यसैगरी, राधी विद्युत कम्पनीको प्रतिकित्ता ७० रुपैयाँले बढेर ७ सय ७४ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । कम्पनीको ९.९४ प्रतिशतले सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९३ प्रतिशत, प्रोगेसिभ फाइनान्स कम्पनीको ९.९१ प्रतिशतले शेयरमुल्य बढेको छ । गुरास लघुवित्त, बरुण हाइड्रोपावर लगायतको आज सर्किट लेभलमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!