हिपमत डटकम
काठमाडौं,२३ माघ:रिस, शोक, डर, चिन्ता र तनाव मानव जीवनका अनिवार्य हिस्सा हुन् । जोसुकै मानिसलाई पनि यी कुराहरु हुन्छन् । कसैले आफूलाई माथि लेखिएका कुराहरु मध्येका कुनै एक मात्रै हुँदैन भनेर भन्छ भने मान्नुहोस्, या त त्यो मानिस मुर्दा हो या त त्यो मानिस नभएर रोबट हो । माथि उल्लिखत सबै कुराहरु मानवमा हुने प्राकृतिक कुराहरु हुन् ।

रोचक कुरा चाहिँ के छ भने ती सबै कुराहरुले हाम्रो शरीरलाई कुनै न कुनै रुपमा क्षति पुर्याइरहेकै हुन्छ ।

जस्तो कि, हामी रिसाउँदा त्यसले हाम्रो कलेजोलाई कमजोर बनाउने काम गर्छ । त्यसै गरी शोक गर्दा हाम्रो फोक्सो कमजोर हुन्छ । डराउँदा मृगौला कमजोर हुन्छ भने तनावले हाम्रो मुटु र मस्तिष्कलाई कमजोर बनाइदिन्छ । त्यसैगरी, हामीले अत्यधिक चिन्ता लिँदा त्यसले हाम्रो आमाशयलाई कमजोर बनाइदिन्छ । सम्भवतः यही कारण नै हुन सक्छ, अत्यधिक चिन्ता गरिबस्ने मानिसको पाचनप्रणालीले राम्रो काम गर्न सक्दैन ।

यी माथिका कुराहरु पन्छाउनै नसकिने कुराहरु हुन् तर तिनलाई आत्मनियन्त्रणका विधिहरुबाट कम गर्न भने सकिन्छ । यति कुरा थाहा पाइसकेपछि अब तपाईं हामी पनि डर, शोक, रिस, चिन्ता र तनाव कम लिने पो हो कि ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!