गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्ग नै मुख्यमन्त्री नियुक्त भएका छन् । वर्तमान मुख्यमन्त्री गुरुङ्गलाई अल्पमतको सरकारको नेतृत्वका लागि मुख्यमन्त्री नियुक्त गरिएको हो ।

प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख छ । उक्त धारा अनुसार बहुमतको सरकारहरु बन्न नसकेपछि सबैभन्दा ठूलो दलको प्रदेसभा संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त गर्न सकिनेछ । तर, यसरी नियुक्त गरिएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

गण्डकी प्रदेशमा काँग्रेस, माओवादी र जसपाको गठबन्धनले बहुमत पुर्याउन नसकेपछि गुरुङ्ग नै मुख्यमन्त्री भएका हुन् । जनमोर्चाका दुई सांसदहरुले साथ नदिएपछि अंकगणित नपुगेको हो ।

यसअघि गण्डकी प्रदेशमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको नियुक्तिको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए । उनले बहुमत प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्तिका लागि पत्र बुझाएका थिए ।

पोखरेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुमध्ये नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको ३, जनता समाजवादी पार्टीको २ गरी कुल ३२ सांसदको साथ रहेको पत्रमा उल्लेख गरेका थिए ।

मुख्यमन्त्रीको नियुक्तिको पत्र लेखेका पोखरेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनप्राप्त बहुमतको सरकार गठनको विषय उल्लेख गरेका थिए । तर, प्रदेश प्रमुख पौडेलले उपधारा ३ बमोजिम गुरुङ्गलाई नियुक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!