हिपमत डटकम

बुधबार, आश्विन ०८, २०८२ || 3297  पटक पढिएको

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिन आफूलाई फोन तथा सन्देश नगर्न आग्रह गरेका छन्। मन्त्रालयमा प्रभावकारी र सिर्जनशील कार्यसम्पादनका लागि टिम निर्माणमा व्यस्त रहेको भन्दै उनले यस्तो अनुरोध गरेका हुन्।

मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाउँदै लेखेका छन्, “अस्तीदेखि मोबाइल, मेसेन्जर र ह्वाट्सएपमा हजारौं कल र सन्देश आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनका लागि अनावश्यक फोन र सन्देश नगर्नु होला।”

टिम निर्माणलगायत मन्त्रालयका कामलाई प्राथमिकतामा राख्दै आफू केही समयका लागि व्यक्तिगत सम्पर्कबाट टाढा रहने उल्लेख गर्दै पुनले जनसञ्चार माध्यम तथा आम जनसमुदायसँग सहयोगको अपेक्षा पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!