नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालबीच सहमति भएको छ । त्यसको लागि नेपाल पक्षधर २८ जना सांसदले नै राजीनामा दिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते राति ९ बजेसम्म संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी छिन् ।

कांग्रेसले माओवादी केन्द्र र जसपाको समर्थनमा नयाँ सरकार गठन गर्ने गृहकार्य थालेको छ । तर, जसपाको सिंगो साथ नपाउने भएपछि कांग्रेस सभापति देउवाले माधव नेपाल पक्षको साथ खोजेका हुन् । नेपाल पक्षधर सबै सांसदले राजीनामा दिए उपनिर्वाचन गराएर उनीहरु सबैलाई जिताएर ल्याउने देउवाले नेता नेपाललाई वचन दिएका छन् । हिजो राति अवेरसम्म देउवा निवासमा माधव नेपाल र भीम रावलले गोप्य भेटवार्ता गरेका थिए ।

देउवालाई प्रधानमन्त्री बनाउनको लागि आवश्यक सहयोग गर्ने वचन नेता नेपालले दिईसकेका छन् । विश्वस्त सूत्रकाअनुसार नेपाल पक्षका २७ गते संसद बैठकमा अनुपस्थित् सबै सांसदले भोलि विहान ९ बजेसम्म सामूहिक राजीनामा दिनेगरि गृहकार्य थालेका छन् । तर, देउवा र नेपालबीच एक वर्षपछि चुनाव गराउने र उक्त चुनावी सरकारको नेतृत्व नेपालले गर्नेबारे पनि सहमति भएको छ ।

तत्काल माधव नेपाल पक्षका कम्तिमा ६ जनालाई मन्त्री बनाउनपनि देउवा राजी भएका छन् । नेपाल पक्षधर सांसदहरु अब अध्यक्ष ओलीसँग सम्झौता गर्ने पक्षमा छैनन् । यसको संकेत आज विाहन नेता घनश्याम भुषालको सार्वजनिक टिप्पणीले पनि गरिसकेको छ । उनले ओलीसँग अब आत्मसर्मण नगर्ने बताईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!