काठमाडौं । प्रधानमन्‍त्री केपी ओलीको पछिल्लो कदमबारे रणनीति बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह पदाधिकारी बैठक बोलाएका छन् । देउवानिवास बुढानीलकण्ठमा बस्‍ने बैठकमा आकस्मिक रुपमा बोलाइएको संसद् अधिवेशन र प्रधानमन्त्रीले विश्वासको मत लिने कदमका विषयमा छलफल हुनेछ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा विश्‍वासको मत लिने ओलीको कदमबारे छलफल हुनेछ।

गत सोमबार आकस्मिक रुपमा मन्‍त्रिपरिषद् बैठक बोलाएर ओलीले विश्‍वासको मत लिने जानकारी गराएका थिए। ओलीको सिफारिसअनुसार वैशाख २७ गते संसद् अधिवेशन पनि आव्‍हान भइसकेको छ ।

ओलीले विश्‍वासको मत लिने निर्णय गरेपछि सोमबार कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा छलफल भएको थियो। कांग्रेस र माओवादीले जसपा र एमालेभित्रको विद्रोही समूहको समेत लिएर अविश्‍वास प्रस्ताव ल्याउने तयारीमा जुटिरहेका बेला ओलीले चालेको यो कदमपछि उनीहरू नयाँ रणनीतिमा लागेका छन्। सर्वोच्चले संसद् पुनर्स्थापना गरेको दुई महिनासम्म विपक्षीले कुनै कदम नचालेपछि ओली आफै अग्रसर भएर विश्‍वासको मत लिन लागेका हुन् ।

माओवादीले समर्थन फिर्ता नलिइकन विश्‍वास मत लिन ओली हतार गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि संविधानको धारा ७६ (१) अनुसारको प्रतिनिधिसभामा बहुमत प्राप्त दलको प्रधानमन्त्रीको त्यो हैसियत समाप्त भएको थियो। ओली अहिले संविधानको धारा ७६ (२) को प्रधानमन्त्रीका रुपमा छन्। यो सरकारलाई माओवादी केन्द्रको पनि समर्थन छ। समर्थन फिर्ता लिएपछि ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।विश्वासको मत पाउन नसके आफ्नै नेतृत्वमा ठूलो दलको हैसियतले अल्पमतको सरकार बन्‍ने र त्यसपछिको राजनीतिक भ्याकुमलाई उपयोग गर्दै प्रतिनिधिसभा विघटन गर्ने रणनीतिमा ओली देखिन्छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!