हिपमत डटकम
काठमाडौं,२२ माघ:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले नेता गच्छदारसहित पूर्व सचिवहरु दिनेशहरि अधिकारी, दिप बस्न्यात, छबिराज पन्त, भाटभटेनीका मालिक मिनबहादुर गुरुङ, डम्बर श्रेष्ठ, शोभाकान्त ढकालसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । ढकाललाई ३९ करोड २७ लाख ६५ हजार बिगो दाबी गरेको छ ।

आयोगका तर्फबाट अनुसन्धान अधिकृत अच्युतमणि न्यौपाने समेतको प्रतिवेदनले नेपाल सरकारविरुद्ध क्षेत्रसिंह देउजाको नाती, गोपालसिंह देउजाको छोरा, भक्तपुर जिल्ला, साविक चितपोल गाविस वडा नम्बर २ (हाल भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नम्बर १० देउजा टोल बस्ने मालपोत कार्यलय काठमाडौंका तत्कालीन मालपोत अधिकृत वर्ष ६८ को कलाधर देउजासहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । जसमा गच्छदारसहित ३ पूर्वमन्त्री र बस्न्यातसहित ३ जना पूर्वसचिव समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!