हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 697  पटक पढिएको

पोखरामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वाथ्यमा समस्या देखिएपछि पोखराका विभिन्न अस्पतालमा उपचाररत ७ जना र होम आइसोलेसनमा बसेका १ जना सहित ८ जनाको मृत्यु भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले सात जना विभिन्न अस्पतालमा उपचारका क्रममा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय संक्रमित पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । उनमा बैशाख १६ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै ७५ वर्षीय कोरोना संक्रमित पुरुषको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भएको छ । रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–३ का उनलाई बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका–२६ की ५८ वर्षीय महिलाको शनिबार मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भएको छ । उनमा बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वत कुश्मा नगरपालिका–५ की ७६ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको भएको छ । उनलाई बैशाख १७ गते संक्रमण पुष्टि भएको थियो ।
दाङ जिल्लाको राप्ती गाँउपालिका–५ का ४३ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको भएको छ । उनमा बैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा –१६ की ७३ वर्षीय महिलाको मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको छ । उनलाई बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा –१० की कोरोना महिलाको मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको भएको छ । उनमा बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो । त्यसैगरी पोखरा–१९ का ५४ वर्षीय पुरुषको पनि गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको भएको छ ।

योसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट २ सय ३१ जनाको मृत्यु भएको छ । (साभार :- रातोपाटी)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!