हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 524  पटक पढिएको

कोरोना संक्रमणबाट दाङमा थप दुईजनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको मृत्यु भएको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए ।

तुलसीपुरका पुरुष शनिबारदेखि उक्त अस्पतालमा उपचाररत थिए । उनको आइतबार दिउँसो पौने १ बजे मृत्यु भएको हो । यस्तै, घोराहीका पुरुष वैशाख १२ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत थिए । उनको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

 

योसँगै बेलझुण्डी कोरोना अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको व्यवस्थापक वलीले बताए । अक्सिजन अभावकै कारण उनीहरुको मृत्यु भएको उनको भनाइ छ ।

‘हिजो बेलुका ८ बजेदेखि अक्सिजनको व्यवस्थापन गर्न भनी जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएको छैन, अहिले स्थिति संकटपूर्ण हुन लागिसक्यो,’ उनले भने । कोरोना अस्पताल बेलझुण्डीमा हाल ५९ जना कोरोनाका बिरामीहरु उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!