हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 641  पटक पढिएको

कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले सुनसरीको इनरुवा ३ स्थित महेन्द्र चौक क्षेत्र सिल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार एकै परिवारका दुई जनाको तिन दिनको फरकमा मृत्यु भएपछि संक्रमणको अबस्थालाई मध्यनजर गदै सो क्षेत्रमा सिल गरिएको बताए ।

कोरोना सङ्क्रमणबाट तिन दिनको फरकमा आमा छोराको मृत्यु मृत्यु भएको थियो ।गएको बुधबार आमाको मृत्यु भएकोमा शनिबार विहान छोराको पनि मृत्यु भएको थियो ।

एकै परिवारका सदस्य सङ्क्रमित भए पनि कन्ट्याक्ट ट्रेसिङबाट पत्ता नलागेपछि महेन्द्रचौक क्षेत्र अति संवेदनशील देखिएकाले उच्च सङ्क्रमणको जोखिम भएको त्यस आसपासमा अर्को आदेश नभए सम्मका लागी सिल गरिएको सिडियो ढकालले जानकारी दिए ।

परिवारका अन्य पाँच सदस्यहरू समेत सङ्क्रमित देखिएकाले अहिले उनीहरु होम आइसोलेसनमा बसेका छन् । पछिल्लो एक साता यता इनरुवामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वातै बढेर सय भन्दा बढी पुगेको छ । news source :- ratopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!