हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 850  पटक पढिएको

कोरोनाभाइरसको दोस्रो संक्रमणले आक्रान्त बनेको भारतमा आज पाँच राज्यमा विधानसभा चुनावको परिणाम आउँदैछ।

गत मार्च र अप्रिलमा चुनाव भएका केरला, असम, पश्चिम बंगाल, तमिलनाडु र पुडुचेरीमा अहिले मतगणना भइरहेको छ। यीमध्ये पुडुचेरी केन्द्र प्रशासित क्षेत्र हो।

यी सबै राज्यमा ८२२ विधान सभा सिटका लागि मतदान भएको थियो।

२९४ सदस्यीय विधान सभा रहेको पश्चिम बंगालमा ममता बेनर्जीको सत्तारूढ तृणमूल कंग्रेस तेस्रो पटक सत्ता चलाउने दाउमा छ भने भाजपाले त्यहाँ पहिलो पटक सरकार बनाउने प्रयत्न गरेको छ। सन् २०१६ को विधान सभा चुनावमा निकै थोरै सिट जितेको भाजपाले सन् २०१९को लोकसभा चुनावमा राज्यका ४२मध्ये १८ सिटमा जित हात पारेको थियो।

एक्जिट पोलहरूले पश्चिम बंगालमा अब कसको सरकार बन्छ भन्नेबारे फरक-फरक नतिजा देखाएका छन्।

तमिलनाडुको २३४ सदस्यीय विधान सभाका लागि ४ हजार २ सय १८ उम्मेदवार मैदानमा होमिएका थिए। अभिनेताबाट नेता बनेका कमल हसनको पार्टी पनि यसपालि चुनावमा लागेको थियो। तमिलनाडुमा पहिलो पटक प्रदेश राजनीतिमा दिग्गज मानिएका करूणानिधी र जयललिताबिनै चुनाव भएको हो। एक्जिट पोलले मुख्यमन्त्री पलानीस्वामीको दल पछि पर्ने देखाएका छन्।

१४० सदस्यीय विधान सभा भएको केरलामा मुख्यमन्त्री पिनरई विजयनको नेतृत्वमा रहेको लेफ्ट डेमोक्रेटिक फ्रन्टले नै जित हात पार्ने अनुमान गरिएको छ। केरलामा बितेका ४० वर्षमा हरेक पटक चुनाव हुँदा सरकार बदलिएको इतिहास छ। यसपालि कंग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्टलाई पनि चुनाव जित्ने आत्मविश्वास छ।

१२६ सदस्यीय विधान सभा भएको असममा सत्तारूढ भारतीय जनता पार्टीले नै फेरि पनि सरकार बनाउन सक्ने एक्जिट पोलहरूले देखाएका छन्।

केन्द्र प्रशासित पुडुचेरीमा ३० सदस्यीय विधान सभाका लागि मतदान भएको थियो।

अहिले मतगणना जारी छ। अन्तिम परिणाम आजै साँझसम्म आउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!