हिपमत डटकम

शनिबार, बैशाख १८, २०७८ || 875  पटक पढिएको

धनुषाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमती र भाइ मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र भाइ मिलेर हत्या गरेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

शम्भु एक महिना अगाडिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । शनिबार बिहान २ बजेर ३० मिनेटतिर शम्भु उनकी २३ बर्षीया पत्नी सुशिलादेवी, भाइहरु अनिल मण्डल र जय मण्डलबीच घरायसी विवाद भएको र त्यहीँ क्रममा तीनै जना मिलेर उनको धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!