हिपमत डटकम

शनिबार, बैशाख १८, २०७८ || 1153  पटक पढिएको

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शुक्रबार बिहान २५ मिनेटको फरकमा तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुने तीनै जना पुरूष छन् ।

शुक्रबार विहान ५ः४५ मा उपचारको क्रममा विराटनगर महानगरपालिकाकामा कार्यरत नगर प्रहरी हवल्दारको मृत्यु भयो । कोरोना संक्रमित विराटनगर – ३ पुष्पलालचौक घर भएका ५७ वर्षिय नगर प्रहरी हवल्दार सुर्यबहादुर घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । पाँच दिन अघि कोरोना पुष्टि भएर स्वासप्रश्वासमा समस्या भएपछि घिमिरेलाई शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए ।

 

यसैगरि अरु दुई जना कोरोना संक्रमित सप्तरी र महोत्तरीका घर भएका संक्रमित पुरुषको पनि नोबेलमा शुक्रबार मृत्यु भएको छ ।
नगर प्रहरी हवल्दारको मृत्यु भएको पाँच मिनेटपछि सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि बिहान ५ ः ५० मा उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मृत्यु भएका संक्रमितमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या देखिएको थियो ।

 

 

शुक्रबार विहान दोस्रो कोरोना संक्रमितको मृत्यु भएको २५ मिनेटपछि नोबेलमै उपचाररत महोत्तरी घर भएका अर्का संक्रमितको पनि बिहान ६ः१५ बजेतिर मृत्यु भएको छ । महत्तरी – ६ का ३५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको प्रवन्धक दाहालले जानकारी दिए । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको थियो । कोरोनाका कारण मृत्यु भएका तीनै जनाको शव व्यवस्थापनका लागि पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!