हिपमत डटकम

शुक्रबार, बैशाख १७, २०७८ || 619  पटक पढिएको

कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या बढेसँगै पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा जलाउन लगिने शवको संख्या बढेको छ ।

उक्त शवदाह गृहमा बिहीबार २५ वटा शव जलाइएको छ । यो दोस्रो लहरको कोरोना भाइरसको महामारी सुरु भएपछिको सबैभन्दा धेरै हो ।

 

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार गत वर्ष एकै दिनमा ४५ वटासम्म शव विद्युतीय शव दाहगृहमा जलाइएको थियो ।

तर वैशाख १ गतेदेखि फेरि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढिरहेको खतिवडाले जानकारी दिए । कोरोना महामारीबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ । शवलाई अस्पतालबाट शवदाह गृहसम्म लैजाने र त्यहाँ व्यवस्थापन गर्नेसम्मको काम नेपाली सेनाले गर्छ । news source :- Ratopati

 

अन्तिम संस्कारमा मृतकको परिवारलाई पनि सहभागी गराइन्छ । कोरोना संक्रमणको जोखिम हुने हुनाले परिवारका सदस्यले सामान्य अवस्थामा जस्तो साँस्कृतिक कर्म गर्न पाउने छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!