सप्ताहको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २५.८२ अंकले बढेर २६११.१० विन्दुमा बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स समेत ३.९१ अंकले बढेर ४६९.०२ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । २१७ कम्पनीको ५० हजार ६ सय ७३ पटकको कारोबारमा ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४९ रुपैयाँ बराबरको ९८ लाख १८ हजार ०४६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन सर्वाधिक कारोबार भएको प्रमुख १० कम्पनीमध्ये सिंगटी हाइड्रो १० प्रतिशत, महिला लघुवित्त वितिय संस्था १० प्रतिशत र विशालबजार कम्पनी लि. ९ प्रतिशत रहेको छ । त्यस्तै सान्जेन जलविद्युत कम्पनीको शेयरमूल्य ८.५६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर ७.३० प्रतिशत र हिमालयन पावर पार्टनरको शेयरमूल्य ७.२९ प्रतिशत बढेको छ ।

शेयर मूल्य घटेका प्रमुख १० कम्पनीहरुमध्ये सवार्धिक श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.८२ प्रतिशत, नेपाल हाइड्रो २.३० प्रतिशत र युनिलिभर नेपाल लि.को १.९९ प्रतिशत घटेको छ ।

कारोबारमा आएका १३ उपसमूहका सूचकहरुमध्ये ११ उपसमूहका सूचकहरु बढेको छ भने होटल एण्ड टुरिज्म ०.८४ र इन्भेष्टमेन्ट ०.१२ प्रतिशतले घटेको । बढेकाहरु मध्ये ट्रेडिङ्ग समूह सर्वाधिक ३.४८ प्रतिशतले बढेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!