हिपमत डटकम

बुधबार, बैशाख १५, २०७८ || 663  पटक पढिएको

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने बैठक चलिरहेका बेला बुधबार २ जना सांसद अनुपस्थित भएका छन्।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे अनुपस्थित छन्। दुवैको मोबाइल अफ छ। कुनै सांसदसँग उनीहरुको सम्पर्क छैन। अविश्वास प्रस्तावमाथि आजै बुधबार निर्णय हुने गरी गण्डकी प्रदेश सभाको बैठक सुरु भएको हो। अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची प्रकाशन गरी बैठक पौने २ बजे सुरु भएको थियो।

 

बैठकमा अहिले सांसदले अविश्वास प्रस्तावमाथि छलफलमा भाग लिएका छन्। केही सांसदले बोलिसकेपछि संसद बैठक २० मिनेटका लागि स्थगितसमेत भएको छ। सांसदहरुले बोलेर सकिएपछि मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ। त्यसपछि मतदान हुनेछ।

 

वैशाख २ गते संसद सचिवालयमा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन्। १२ सांसद रहेको माओवादीबाट १ जनचाहिँ सभामुख छन्। ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाको पार्टी केन्द्रले आफ्ना सांसदलाई अविश्वासको पक्षमा मतदान गर्न निर्देशन गरेको छ।

गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेश सभामा टेबुल भएको थियो। प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!