काठमाडौँ, बुधबार – नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। लगातार वृद्धि भइरहेको सुनको मूल्य बुधबार तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार तोलाको २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १,३०० रुपैयाँले बढेर नयाँ उच्च मूल्यमा पुगेको हो। १० ग्राम छापावाल सुनको मूल्य पनि १ लाख ९१ हजार १८५ रुपैयाँमा कायम भएको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलाको २ हजार ६८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले बढेर २ हजार ७०० रुपैयाँमा पुगेको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धि, डलरको भाउ, तथा लगानीकर्ताको आकर्षणले सुन–चाँदीको मूल्यमा उकालो प्रभाव परेको हो।