बढ्दै गएको कोरोनाभाइरसले सारा संसार त्रासित भएको छ। भारत को उत्तर प्रदेशको जैन्पुरमा घटेको एक घटनाले समाज बाट मानवता हराउदै गएको पुस्टि गर्छ।
कोरोना को डर ले एस गाउ मा एक वृद्धालाई उसको श्रीमती को अन्तिम संस्कार गर्न न दिएको कारण ति वृद्ध आफ्नो पत्नी को शव साइकल मा लिएर यता उता मदत माग्न भौतारिन्दै गरेको एस तस्बिर ले जनाउछ। वृद्ध तिलकधारी सिंह को पत्नी थुप्रै दिन देखि बिरामी अवस्थामा थिहिन, सो उनलाई सोमबार अस्पताल मा भर्ना गरिएको थियो तर उसको उपचार गर्ने क्रम मा मृय्तु भयो। अस्पताल बाट उनको सवलाई एम्बुलेन्समा राखेर शव घर पुर्याइयो तर कोरोंका को डरले गाउ को कोहि पनि तिलकधारी को घर गएनन् नत उनलाई कसैले सान्त्वना नै दिए।
उनले २७ अप्रिलमा श्रीमतीको शव साइकलमा राखे र दाह संस्कार गर्नका लागि नदीको किनारातर्फ हिँडे । तर अन्तिम संस्कार हुन सकेन गाउलेहरुले उनलाई अन्तिम संस्कार गर्न दिएनन् , सो खबर प्रहरीले थाहा पाए पछि उनीहरुले शवलाई जौनपुरको रामघाटमा अन्तिम संस्कार गराए । प्रहरीले अन्तिम संस्कारको पूरा प्रक्रिया आफ्नो निगरानीमा नै गराए ।