बुधबार, माघ २२, २०७६ || 626  पटक पढिएको

हिपमत डटकम
काठमाडौं , २२ माघ : प्रधानमन्त्री केपीशर्मा ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफै निरन्तर सरकार चलाउने बताएका छन् । ‘अब तीन वर्ष सम्म आफैसंग म रहने हो । म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु ,’ । बालुवाटारमा मंगलबार सम्पादकहरुसँग ओलीले भने ‘अलि अलि किड्नीमा समस्या छ । किन अलि–अलि समस्या राख्ने आजको जमानामा पनि ? ’

एउटा मिर्गौलाले चेप्नु ठुलो कु्रा नभएको उल्लेख गर्र्दै ओलीले भने ‘किन किड्नी राख्न खोजेको हो भने तीन वर्ष बेस्सरी काम गर्न सजिलो होस भनेर । सजिलोसंग बढी काम गर्न सकियोस् भनेर । ’

एमाले र माओवादी एकिकरण हुदाँका बखत दुई अध्यक्ष बीच आलोपालो प्रधानमन्त्री चलाउने ‘सहमती’ भएको थियो । तर अब बाँकी तीन वर्ष पनि एक्लै चलाउने विषयमा पार्टीमा कुनै विमती नरहेको दाबी प्रधानमन्त्रीको थियो । ओलीले भने ‘पहिला त मैले प्रचण्ड जी लाई भनेको थिए , आलोपालो गरौला । आधा म चलाउँला, आधा तपाई चलाउनोस् । उहाँले अस्ति भर्खर भन्नुभयो की यो त अस्थिर हुन्छ ।

उहाँकै प्रस्तावमा यो आलोपालो हटाइएको हो । हामीले निरन्तर बाँकी अवधि मेरै नेतृत्वमा लाने भन्ने विधिवत् निर्णय ग¥यौ । अब अझ सृदृढ एकतासाथ अघि बढ्छौ ।’अन्नपूर्ण पोस्ट्बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!