हिपमत डटकम

आइतबार, बैशाख १२, २०७८ || 595  पटक पढिएको

नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दै छ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको नेता कर्णबहादुर थापाले जानकारी दिए । उनले भने, ‘हिजो (शनिबार) साँझ शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । छलफलपछि आज विहान १० बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बैठकको एजेण्डाबारे भने कुनै जानकारी नपठाएको उनको भनाइ छ । ‘आकस्मिक बैठक भएकाले एजेण्डाबारे केही जानकारी आएको छैन । केही महत्वपूर्ण निर्णय लिनुपर्ने भएकोले बैठक बोलाइएको होला,’ थापाले भने

शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो ।

यस्तै २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी समितिलाई दिइएको थियो । तर ​केही महत्वपूर्ण निर्णय लिनुपर्ने भएकाले आयोजक कमिटीकै बैठक बस्न लागेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!