
तत्कालीन संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ।

कोरोना भाइरस संक्रमणपछि उपचाररत ६२ वर्षीया उनको शनिबार नेपालगञ्जस्थित भेरी अस्पतालमा निधन भएको हो।
उनलाई करिब दुई साता अस्पतालमा राखेर उपचार गरिएको थियो। कोरोना देखिएपछि गत चैत २८ मा उनलाई अस्पताल भर्ना गरिएको थियो।
अस्पतालका डाक्टर पारस पाण्डेले श्वासप्रश्वाससमेत समस्याको समस्या रहेकी सिद्धिकीको निधन भएको बताए।
सिद्धिकी पहिलो संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सभासद भएकी थिइन्।
उनले लामो समय मुस्लिम महिलाको अधिकारका लागि संघर्ष गरिन्। उनी २०३६ सालदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिइन्।
उनको अन्त्येष्टी नेपाली सेनाको सहयोगमा परिवारले गर्ने प्रशासनले जनाएको छ।
शनिबार भेरी अस्पतालमा सिद्धिकीसहित ७ जनाको मृत्यु भएको छ।