हिपमत डटकम

शुक्रबार, मंसिर २०, २०८२ || 225  पटक पढिएको

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरुले आन्दोलन गर्न लागेको बताए ।

उनले जापान, बेलायत, नेदरल्याण्ड, अष्ट्रेलियाको जस्तो र क्यानडाको जस्तो राजसंस्था नेपालमा आवश्यक रहेको बताए। राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्ने माग गरे।

जेन–जी हत्यारालाई पक्राउ गरेर कारावासको सजाय दिनुपर्ने माग समेत उनले गरे। जेनजी युवाहरुले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको उनको भनाइ छ ।

उनले देशको संविधान, कानून र ऐनमा कतै न कतै खराब रहेको बताए । राजा, जेन–जी र राजनीतिक दलहरुले त्रिपक्षिय सम्झौता गर्न आह्वान गर्दै उनले माग पूरा नभए सडक आन्दोलन सुरु हुने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!