हिपमत डटकम

शनिबार, बैशाख ११, २०७८ || 759  पटक पढिएको

कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण बिरामीको सासमा देखिएको संकटलाई नियाल्दै महाराजा असेन अस्पतालले चाडैंभन्दा चाडैं अक्सिजन उपलब्ध गराउन भन्दै दिल्ली हाइकोर्टमा निवेदन दिएको हो ।

यसपछि हाईकोर्टले दिल्ली सरकारलाई कसले अक्सिजनको आपूर्तिमा अवरोध गर्दैछ भन्नेबारे जानकारी दिन आदेश दिएको हो, र ती व्यक्तिलाई झुन्डाइदिने पनि हाइकोर्टले फैसला गरेको छ । कोर्टले स्थानीय प्रशासनका यस्ता अधिकारीहरुका विषयमा केन्द्र सरकारलाई पनि जानकारी गराउन दिल्ली सरकारलाई भनेको छ, ताकि केन्द्रले उनीहरुलाई कारबाही गर्न सकोस् ।

दिल्लीमा पछिल्लो २४ घण्टामा ३ सय ४८ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ । यहाँ पछिल्लो २४ घण्टामा २४ हजार ३ सय ३१ जना कोरोनाबाट संक्रमित भइसकेका छन् ।
महामारी सुरु भएयता नै यहाँ कोभिड १९ संक्रमण उच्च अवस्थामा छ । यहाँ सक्रिय संक्रमित कै संख्या ९२ हजार २९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!