हिपमत डटकम

शनिबार, बैशाख ११, २०७८ || 773  पटक पढिएको

ठमाडौं । भारतमा एकै दिन साढे तीन लाख कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ तीन लाख ४५ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा भारतमा दुई हजार ६२१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। यससँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ८९ हजार ५४९ पुगेको छ ।

भारतमा कोरोनाको ‘ट्रिपल म्युटेण्ट भेरियन्ट’ फैलिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भेरियन्टको भाइरस विगतको भन्दा तीन गुणा बढी गतिमा फैलने गरेको बताइएको छ। त्यही कारण भारतमा पछिल्ला दिनहरुमा दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिँदै आएका छन्। अहिले भारतको दैनिक संक्रमण दर विश्वकै सबैभन्दा धेरै बनेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा हाल २५ लाख ५० हजार ७८८ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये आठ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। भारतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ६६ लाख दुई हजार ४५६ पुगेको छ। संक्रमितमध्ये एक करोड ३८ लाख ६२ हजार ११९ जना उपचारपछि कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!