हिपमत डटकम

बिहिबार, बैशाख ०९, २०७८ || 645  पटक पढिएको

अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले चीनलाई मानवअधिकार तथा आर्थिक प्रतिस्पर्धामा दबाब दिनका लागि बुधवार एक विधेयक ल्याएको छ ।

सिनेटको परराष्ट्र सम्बन्ध समितिले रणनीतिक प्रतिस्पर्धा ऐन २०२१ लाई सिनेटसमक्ष मतदानका लागि प्रस्तुत गर्न पठाएको छ । समितिका सदस्यहरूले बेइजिङको सामना गर्नका लागि थप काम गर्नुपर्ने बताए ।

विधेयकमा समितिले कैयौं संशोधन गरेको छ । एक संशोधनअनुसार सन् २०२२ को बेइजिङ ओलम्पिकलाई अमेरिकी अधिकारीहरूले बहिष्कार गर्नैपर्नेछ ।

यससँगै एन्डलेस फ्रन्टियर याक्ट पनि प्रस्तुत गरिएको छ । यसले आगामी पाँच वर्षभित्र आधारभूत तथा विकसित प्रविधि अनुसन्धानका लागि १०० अर्ब डलरको आह्वान गरेको छ भने देशमा नयाँ प्रविधि केन्द्र बनाउनका लागि १० अर्ब डलरको माग गरेको छ ।

रणनीतिक प्रतिस्पर्धा ऐन विधेयकलाई रिपब्लिकन र डेमोक्रेटिक दुवै दलको बलियो समर्थन छ र ऐन बन्ने सुनिश्चित छ ।

कुल २८० पृष्ठको यस विधेयकले साझेदारहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर तथा विकासमा लगानी बढाएर चीनसँग प्रतिस्पर्धा गर्ने उल्लेख छ । यसले अल्पसंख्यक मुसलमान उइगुरप्रतिको व्यवहारका लागि चीनलाई प्रतिबन्ध लगाउने र हङकङमा लोकतन्त्रको समर्थन गर्ने पनि बताएको छ ।

यस विधेयकले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकाको राजनीतिक अभीष्ट पूरा गर्नका लागि आवश्यक सैन्य लगानीलाई प्राथमिकता दिन पनि जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!