हिपमत डटकम
काठमाडौं,२१ माघ:सिताराम कट्टले (धुर्मुस) र कुन्जना घिमिरे ( सुन्तली)ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को विदेश राइट बिक्री भएको छ । फिल्मको विदेश राइट अमेरिकाको नेप्सिने कम्पनीले किनेको हो ।

१ करोड १५ लाखमा फिल्मको विदेश राइट बिक्री गरिएको कलाकार तथा निर्माता सिताराम कट्टेलले जानकारी दिए ।

नेप्सिनेका प्रमुख विधान कार्की र फिल्म निर्माण कम्पनी सुविहानी फिल्मस्का सिताराम कट्टेल (धुर्मुस)ले फिल्मको बिदेश राइटका लागि सम्झौता गरेका छन् ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको मुनाफाको ५० प्रतिशत रकम जनस्तरबाट निर्माण भैरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिने यस अगाडि निर्माण युनिटले घोषणा गरेको छ ।

शिवरात्रीको अवसर पारेर फागुन ९ देखि सार्बजनिक प्रदर्शनमा आउने फिल्म कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।

सितारामसँगै दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको फिल्म सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको हो ।

डिन्डू लामा ह्याल्मोनिर्माता रहेको फिल्मको सह निर्मातामा फुर्पा ह्याल्मो रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!