हिपमत डटकम

मंगलबार, बैशाख ०७, २०७८ || 570  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा नेकपा (माओवादी केन्द्र)बाट एमालेमा समाहित बनेकाहरू स्वतः एमालेको सदस्य हुने गरी नयाँ कार्ययोजना प्रस्तुत गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले पार्टीको असारसम्मको कार्ययोजना प्रस्तुत गरेका हुन् ।

कार्ययोजनामा जेठ मसान्तभित्र प्रदेश कमिटी, जिल्ला र स्थानीय तहका सबै कमिटीलाई अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने र जनवर्गीय सङ्गठनहरूको पनि पुनर्गठन गर्ने प्रस्ताव गरिएको छ ।परराष्ट्रमन्त्री तथा नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कर्णाली प्रदेशमा पार्टी ह्विपविपरीत गतिविधि गर्ने चार जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरणका लागि दुई दिन म्याद थप गरिएको जानकारी दिए । उनले मुलुकको राजनीतिक जटिलताको अवस्थाबारे बैठकमा छलफल भएको र कुनै पनि बेला निर्वाचनमा जानुपर्ने परिस्थिति रहेकाले पार्टीले सोहीअनुसार गतिविधि अगाडि बढाउने निर्णय गरेको बताए ।

आगामी महाधिवेशन केन्द्रित गरी असार मसान्तसम्म सबै पार्टी सदस्यता नवीकरण गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । वैशाख १० गते पुनः केन्द्रीय कमिटीको बैठक बस्ने जनाइएको छ ।महासचिव पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्तावमा नेकपाको विवादका बेला प्रचण्ड–माधव पक्षमा लागेका नेता कार्यकर्तालाई एमालेको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र उनीहरूलाई आवश्यकता र योग्यताअनुरूप उपयुक्त जिम्मेवारी दिने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!