काठमाडौं — स्याङ्जाको कालीगण्डकी गाउँपालिकाकी कविता पाण्डेय भाटभटेनी सुपरमार्केटमा विगत चार वर्षदेखि कार्यरत छिन्। अहिले उनी क्यासियरको रूपमा भक्तपुर शाखामा काम गरिरहेकी छन्, तर भदौ २४ गते काठमाडौंको कोटेश्वर शाखामा भएको आगजनीले उनलाई भविष्यप्रति गम्भीर चिन्तामा डुबायो।

“हे भगवान् के गरेको होला यस्तो, दुःख गरेर खानी भाँडो नै रित्याइदियो पापीहरूले,” भनेर उनले सामाजिक सञ्जालमा लेखिन् — एक स्ट्याटस जसले भाटभटेनीमा कार्यरत हजारौँ कर्मचारीको पीडा र आशंका झल्काउँछ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको निर्णयले भने उनीजस्ता धेरै श्रमिकको रोजगारी जोगिएको छ। घटनाको भोलिपल्टै पाण्डेय लगायत सबै कर्मचारीलाई पुनः काममा बोलाइएको थियो। “मीनबहादुर सरले कामबाट निकाल्दिन भन्नुभयो, तलब पनि दशैँअघि नै दिन्छु भन्नुभयो। त्यसले ठूलो राहत मिल्यो,” पाण्डेयले सुनाइन्।

भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा काठमाडौं उपत्यकाका १५ वटा भाटभटेनी शाखा जलाइए, चारवटा अन्य शाखामा तोडफोड भयो। अनुमानित रूपमा १५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ। यद्यपि, गुरुङले चार महिनाभित्र सबै संरचना पुनः निर्माण गर्ने संकल्प लिएका छन्।

“म मेरा लागि होइन, कर्मचारी, बैंक र देशका लागि उठ्नेछु” भन्दै गुरुङले स्पष्ट पारे — भाटभटेनी न केवल निजी व्यवसाय हो, यो लाखौँ नेपालीको जीवनसँग जोडिएको प्रतिष्ठान हो। “हामी गोर्खालीहरू विश्वयुद्ध लडेर आएका छौँ, अब देशभित्रको युद्ध पनि जित्न सक्छौँ,” भावुक हुँदै उनले भने।

सरकारले सुरक्षा प्रत्याभूतिको आश्वासन दिएको बताउँदै गुरुङले अर्थतन्त्रमा योगदान दिँदै आएको भाटभटेनीलाई फेरि उभ्याउन व्यवसायी, बैंक र बीमा क्षेत्रसँग सहकार्य भइरहेको बताए। नेपालकै निर्माण कम्पनीहरूबाट उत्पादन मूल्यमै सामग्री उपलब्ध गराउने पहल चेम्बर अफ कमर्सले थालेको छ।

समाजसेवामा अग्रणी योगदान दिँदै आएको भाटभटेनीले शिक्षण अस्पताललाई साढे ९ करोड बराबरको भवन, निर्माणाधीन बाल अस्पताललाई ४१ करोड, र विपद् पीडितलाई १ करोड ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ।

तीन पटकसम्म देशको सर्वाधिक करदाता बनेको यो संस्थाले वार्षिक १८ अर्ब रुपैयाँभन्दा बढी कर तिर्छ र झन्डै १० हजार कर्मचारीलाई रोजगारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!