हिपमत डटकम

मंगलबार, बैशाख ०७, २०७८ || 567  पटक पढिएको

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको हिउँदे अधिवेशन हठात् अन्त्य गरिएकोमा आपत्ति जनाएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले हिउँदे अधिवेशन अन्त्य गरेको केही समयपछि सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा यसबारे छलफल भएको थियो।

केन्द्रीय समिति बैठकको पहिलो निर्णयमै अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरिनुलाई पार्टीले गम्भीरतापूर्वक लिएको कांग्रेसले उल्लेख गरेको छ।

‘सरकारले प्रतिनिधि सभाको अधिवेशन अप्रत्याशित र हठात अन्त्य गरेको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ,’ पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नु पर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति वर्खिलाप रहेको ठहर बैठकले गरेको छ। यो बैठक सरकारको स्वेच्छाचारी प्रवृतिको घोर भर्त्सना गर्दछ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त निर्णयलाई सर्वोच्च अदालतले गत फागुन ११ गते उल्टाइदिएको थियो। फागुन २३ गतेदेखि प्रतिनिधि सभा सुरू भए पनि एउटै विधेयक पास भएन। सरकारले प्रतिनिधि सभालाई विजनेश नदिएको आरोप लागेको थियो। news source :- setopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!