हिपमत डटकम

सोमबार, बैशाख ०६, २०७८ || 1122  पटक पढिएको

पर्सामा स्थानीय प्रशासनले बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई दण्डित गर्ने सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले सोमबारदेखि बिना मास्क घर बाहिर निस्केको व्यक्तिलाई एक सय रुपैयाँ दण्डित गर्न सुरु गरेको हो ।

संक्रामक रोग ऐन २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशन अनुसार पर्सा प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरुले मास्क नलगाउँनेलाई कारवाही गर्ने कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिना मास्क बजारमा भेटिएकाहरुलाई प्रहरीले समातेर एक पटकको लागि सय रुपैयाँ जरिवाना तिराउँने र समझाईबुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क समेत दिएर छोडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।

सोमबार बिहानैदेखि पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिकाको घण्टाघर चौक, माइस्थान,भानुचौक, रानीघाटलगायतको ठाउँमा मास्क बिना हिडेकाहरुलाई कारवाही गरेको छ ।

घरण्टाघरमा बिना मास्क सोमवार बिहान भेटिएका १७ जनालाई प्रहरीले जनही एक सयका दरले जरिवाना तिराएको छ । त्यसै गरी माइस्थानमा प्रहरीले १५ जनालाई कारवाही गरेको डिएसपी खनालले बताए ।

सोमबार जिल्लाको सदरमुकाम वीरगञ्जको विभिन्न स्थानमा मास्क प्रयोग नगरी बाहिर निस्केका व्यक्तिलाई एक सय रुपैयाँ दण्डित समेत गरिएको छ ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरको कारण सिमावर्ती जिल्ला पर्सा र बाराको अवस्था भयावह बनिरहेको बेला स्थानीय प्रशासनको आग्रहलाई अटेरी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने व्यक्तिमा जनचेतना अभिवृद्धि गर्न यस्तो गरिएको छ ।

प्रशासनले महामारीको प्रभावबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै भिडभाड नगर्न आग्रहसमेत गरेको छ ।

पर्सा प्रहरीले वीरगञ्ज महानरपलिकालगायतका अन्य सबै पालिकाहरुमा म्याकिङ्ग तथा जनचेताना मुलक कार्यक्रमलाई पनि अगाडी बढाएको जनाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!