खबर ठुलो छ

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेलाई निर्घात कुट्ने विद्यार्थीले अदालतको आदेश मानेका छैनन् । उच्च अदालत पाटनले कुटपिटमा संलग्न ५ जनालाई धरौटी वापत जनही ५ लाख र क्षतिपूर्ति वापत १ लाख बुझाउन आदेश गरेको थियो । ०७७ फागुन १३ मा न्यायाधीशहरु डा.कुमार चुँडाल र किरण पोखरेलले गरेको सो आदेश कुटपिटमा संलग्न अभियुक्तहरूले मानेका छैनन् ।

नेविसंघ त्रिभुवन विश्वविद्यालयका सचिव योगेन्द्र रावल, कुटपिटमा संलग्न रुपेश शाह यादव, रविन लामा, सयुज श्रेष्ठ र निरज रानामगर धरौटी नबुझाएर भागेका हुन् । त्रिवि नेविसंघका इकाइ अध्यक्ष हरि आचार्यले चाहिँ धरौटी रकम बुझाएर छुटेका छन् ।

०७७ असोज २० मा त्रिवि हाताभित्र फलामे रड र बाँसका भाटा प्रयोग गरेर उप–प्राध्यापकमाथि आक्रमण गरिएको थियो । जिल्ला अदालत काठमाडौंले सामान्य धरौटीमा छाडेपछि जिल्ला सरकारी वकिल कार्यालयले सो आदेश उपर उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

चलाउने त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक हुन् । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले अदालतले मागेको धरौटी समेत नबुझाउने चार जना आक्रमणकारीलाई पक्राउ गर्न माग गरेका छन् । उप–प्राध्याक चलाउनेले अहिले पनि विद्यार्थी नेताहरुले आफुलाई धम्की दिइरहेको दावी गरेका छन् । त्रिविको आवास गृहबाट आफुलाई २४ घण्टाभित्र निस्कन धम्की दिएको बताउँदै चलाउनेले भने– ‘हिजो आक्रमण गर्नेहरुले आज फेरि धम्की दिइरहेका छन्, म असुरक्षित छु ।’

आक्रमणबाट उनको टाउको, पेट र खुट्टामा चोट लागेको थियो । चलाउनेले आफु अहिले पनि बेडमा रहेको बताएका छन् । आक्रमणकारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै चलाउनेले सर्वोच्चमा निवेदन दिएका छन् ।
त्रिवि नेविसंघका अध्यक्ष हरि आचार्यले राजनीतिक पूर्वाग्रह राखेर आफु र आफ्ना कार्यकर्तालाई प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा लगाएको बताएका छन् । उनले भने–‘महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालिन एसएसपी श्याम ज्ञवालीले हामीलाई राजनीतिक पूर्वाग्रह राखेर मुद्दा चलाए ।’

सोमबार, बैशाख ०६, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया