हिपमत डटकम

सोमबार, बैशाख ०६, २०७८ || 467  पटक पढिएको

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या तीब्ररूपमा बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातिदेखि १ हप्ता कडा लकडाउन घोषणा गरेका छन् ।

लकडाउनका क्रममा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लकडाउनका क्रममा निजी संस्थालाई घरबाटै काम गर्न निर्देश गरिएको छ भने सरकारी कार्यालयमा आधा कर्मचारी मात्रै आउन पाउने भएका छन् ।

अत्यावश्यक सेवाहरू अस्पताल, रेल, एयरपोर्ट, बस स्टेसन लगायत क्षेत्रमा जानेलाई भने लकडाउनमा छुट मिल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!