हिपमत डटकम

आइतबार, बैशाख ०५, २०७८ || 903  पटक पढिएको

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको नाममा अर्को एउटा कीर्तिमान थपिएको छ । शनिबार बार्सिलोनालाई कोपा डेल रेको उपाधि दिलाउन दुई गोल गरेका मेस्सीले प्रतियोगिताको फाइनलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका हुन् ।

फाइनलमा दुई गोल गर्दै मेस्सीको गोल संख्या १० पुगेको छ । उनले योसँगै टेल्मो जाराको कीर्तिमान भंग गरे । मेस्सीले यो प्रतियोगिता सात पटक जितेका छन् ।

सिजनको पहिलो उपाधि जितेको बार्सिलोना अझै पनि ला लिगाको उपाधि दौडमा कायम रहेको छ । बार्सासँग एथ्लेटिको म्याड्रिड र रियल म्याड्रिड पनि उपाधि होडमा कायम छ । तेस्रो स्थानमा रहेको बार्सा रियलभन्दा १ र एथ्लेटिकोभन्दा २ अंकले पछि रहेको छ । ला लिगामा अब ८ खेल खेल्न बाँकी रहेको छ ।

‘आज मेरो लागि खुसीको दिन हो,’ खेलपछि मेस्सीले भने, ‘मैले जीवनभर रहेको टोलीमा कप्तान हुन पाउनु मेरो लागि विशेष हो ।’ उता, प्रशिक्षक रोनाल्ड कोमानले मेस्सीलाई अर्को सिजन पनि क्लबमा देख्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!