हिपमत डटकम

आइतबार, बैशाख ०५, २०७८ || 685  पटक पढिएको

एजेन्सी । भारतमा कोरोनाको कहर चल्दै गर्दा त्यहाँको कमजोर सार्वजनिक स्वास्थ्य प्रणाली पनि उजागर भएको छ ।
यसैबीच उत्तर प्रदेशको कानपुरमा केही चिकित्सकहरूले रोगी भर्ना गर्नका लागि अनुरोध गर्ने परिवारका मानिसलाई लखेटी लखेटी कुटेको खबर आएको छ ।

कानपुरको हैलट अस्पतालमा जुनियर डक्टरहरूले शनिवार भर्ना गराउन आएका परिवारका मानिसलाई लखेटीलखेटी कुटेका हुन् । उनीहरूले रोगीको परिवारको मोबाइल खोसे अनि भर्ना नलिइकनै भगाए ।

रोगीहरू स्ट्रेचरमा छटपटाइरहेका थिए र भर्ना लिनका लागि चिकित्सकहरूसँग अनुनयविनय गरिरहेका थिए ।

चिकित्सकहरूको बदमासीको भिडियो मोबाइलमा रेकर्ड गर्ने मानिससँग मोबाइल खोसेर भिडियो डिलिट गर्न लगाइएको छ । तर केही मानिसको फोनमा बाँकी रहेको भिडियो भाइरल बनिरहेको छ ।

यस विषयमा एम्बुलेन्स चालकहरूसँग कुरा गर्दा उनीहरूले चिकित्सकहरूको गुण्डागर्दीको कुरा बताए । चिकित्सकहरू कोरोना प्रोटोकल सम्झाउँदै थिए अनि आफैं चाहिँ प्रोटोकल तोडेर रोगीको परिवारलाई पिट्दै थिए ।
यसमा जिल्ला प्रशासनले कुनै टिप्पणी गरेको छैन ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!