हिपमत डटकम

आइतबार, बैशाख ०५, २०७८ || 469  पटक पढिएको

एजेन्सी । वेयर कम्पनी एडोब इन्कका संस्थापक चार्लेस जेस्कीको निधन भएको छ । जेस्कीको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

फोटो तथा भिडियो सम्पादनका लागि चर्चित सफ्टवेयर कम्पनी एडोबको संस्थापक जेस्कीले अहिले सबैभन्दा बढी प्रयोगमा रहेको पिडिएफ फाइल फर्म्याटको विकास गरेका थिए ।

पोर्टेबल डकुमेन्ट फर्म्याट (पिडिएफ) प्रविधिको विकास गरेका जेस्की अमेरिकाको सानफ्रान्सिस्कोमा बस्दै आएका थिए ।

जेस्कीको नेतृत्वमा सुरु भएको एडोबले प्रविधिको विकासमा नयाँ मानक तय गरेको थियो । एडोबको पिडिएफ, फोटोसप, इलुस्टेटर, एक्रोब्याट, प्रिमियर प्रोलगायत सफ्टव्यरको विकासमा जेस्कीको लगन सक्रियता रहेको थियो ।

प्रविधिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जेस्कीलाई सन् २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रविधितर्फको राष्ट्रिय पदक प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!