मंगलबार, माघ २१, २०७६ || 1541  पटक पढिएको

हिपमत डटकम
बेइजिङ,२१ माघ: चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका कारण उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भाइरससँग जुध्न चीनका साथै अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न पनि अमेरिकालाई अनुरोध गरेकी हुन् ।

कोरोना भाइरसको महामारी विरुद्ध लड्न चीन सरकार र जनताले कुनै कसर बाँकी नराखेको बताउँदै उनले यस महामारी फैलन नदिनेतर्फ भइरहेका प्रयासमा निकै प्रगति भइसकेको जानकारी दिइन् ।
प्रवक्ता चुनयिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीनबाट अमेरिका आउनेलाई प्रवेशमा कडाई गर्न लागेको घोषणा गरिएको विषयमा सोधिएको एक प्रश्नमा उक्त धारणा राखेकी हुन् ।

इबोला, सार्स र मर्सजस्ता भाइरसको महामारीका तुलनामा चीनमा यस पटक सरकारको विशेष सतर्कता र स्वास्थ्यकर्मीको व्यापक परिचालनका कारण कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बताएका छन् । प्रवक्ता चुनयिङले कोरोना भाइरसको महामारी रोक्न चीन सक्षम हुने विश्वास व्यक्त गरिन् । –सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!