हिपमत डटकम

शनिबार, बैशाख ०४, २०७८ || 675  पटक पढिएको

नेकपा एमालेका नेता भीम रावलले स्थिति आइपुग्यो भने पार्टी फुट्न सक्ने बताएका छन्।

शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।

‘पाटी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खोजिरहनुभएको छ। हामी पार्टी विभाजनलाई रोक्नका लागि झण्डा उठाइरहेका छौं। तर, भोलि निर्वाचनमा जाने कामका लागि पार्टीको कुनै एउटा स्थिति आइपुग्यो भने हामीले जुनसुकै कदम पनि चाल्नुपर्छ। त्यसका लागि तयार भइरहनुहोला,’ उनले भने।

आजभन्दा तीन वर्षयता एमाले पार्टी होइन नेकपा भएको सम्झँदै उनले कतिले यसअघिको चुनावमा एमालेले हँसिया-हथौडामा र कति माओवादीले सूर्य चिन्हमा भोट हालेको बताए।

त्यसअघि २०३५ सालदेखि २०४७ सालसम्म माले पार्टी रहेको उनले स्मरण गराए। त्यसपछि मात्र तत्कालीन अवस्थामा एमाले पार्टी बनेको र चुनाव चिन्ह माधवकुमार नेपालले निर्वाचन आयोगबाट ल्याएको दाबी उनले गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!