प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीबाट नहटाएसम्‍म चैनको सास नलिने : डा. शेखर कोइराला

डा. शेखर कोइरालाले अहिलेको सरकार हटाएर सर्वदलीय सरकार बनाउनुपर्ने

हिपमत डटकम

शुक्रबार, बैशाख ०३, २०७८ || 853  पटक पढिएको

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिलेको सरकार हटाएर सर्वदलीय सरकार बनाउनुपर्ने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार आँखा अस्पतालको उद्‌घाटन गर्दै कोइरालाले यो सरकार रहँदासम्म अराजकता बढ्ने भन्दै सर्वदलीय सरकार बनाउनुपर्ने बताएका हुन् । ‘यो सरकार जति अगाडि बढ्छ त्यत्ति अराजक बढ्छ’ उनले भने, ‘त्यहीं भएर यो सरकारलाई हटाएर सर्वदलीय सरकार बनाउनु जरुरी छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीबाट नहटाएसम्‍म चैनको सास लिन नसकिने कोइरालाले बताए । देश अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको बताउँदै उनले संसदीय व्यवस्थामा विश्वास नभएका पार्टीले संसदलाई निकम्मा पार्ने खेल खेलिरहेको बताए ।

‘संसद अनिर्णयको बन्दी बनेको छ । सरकारले बिजनेस दिन सकिरहेको छैन । सरकारले बिजनेस नदिए सभामुखले कुनै न कुनै विजनेस दिनुपर्थ्यो ’ उनले भने, ‘किन ल्याइरहनु भएको छैन, त्यो सभामुख र उनको पार्टी माओवादी केन्द्रले जान्‍ने कुरा हो ।’

संसद अनिर्णयको बन्दी बनिसकेपछि निकास भनेकै सहमतिको सरकार बनाएर निर्वाचनमा जानुपर्ने उनले बताए । ‘तर कांग्रेस आफैं अलमलमा छ । जनता समाजवादी पार्टी दुई खेमामा परिणत भएको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!