सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार भेटवार्ता भएको छ।बिहीबार दिउँसो दुबै दलले बनाएका कार्यदलका सदस्यसहित उनीहरूबीच बालुवाटारमा वार्ता भएको हो।

भेटवार्तामा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार जसपाका एजेन्डालाई अब कसरी अगाडि बढाउने भन्नेबारे कुराकानी भएको हो।

‘आजको भेटमा हामीले अगाडि सारेका एजेन्डालाई अब कसरी लैजाने भन्नेबारे कुराकानी भएको हो,’ उनले भने,‘सरकारबारे हामीले केही कुरा गरेनौं।’

यसअघि प्रधानमन्त्री ओलीले जसपासँग कुरा गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको कार्यदल बनाएका थिए। जसपाको कार्यदलमा सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण छन्।

प्रधानमन्त्री ओलीलाई सघाउने कि उनको विकल्प खोज्ने भन्नेमा जसपामा दुई धार छन्। नेताहरू बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई तत्कालै हटाइहाल्ने पक्षमा छन् भने अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो ओली सरकारप्रति नरम छन्।

यसअघि नेताद्वय भट्टराई र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ। त्यस्तो अवस्थामा जसपालाई आफूतिर तान्ने प्रधानमन्त्रीको प्रयास छ।साभार :- सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!