हिपमत डटकम

बुधबार, बैशाख ०१, २०७८ || 386  पटक पढिएको

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ।

उनले बुधबार ट्विटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

लक्षण देखिएपछि कोरोनो परीक्षण गराएको र रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन् । उनी अहिले चिकित्सकको परामर्शमा अहिले सेल्फ आइसोलेसनमा बसेको बताएका छन्।

‘सुरूआतमा लक्षण देखेपछि मैले कोरोना परीक्षण गराएँ र रिपोर्ट पोजिटिभ आयो । म अहिले सेल्फ आइसोलेसनमा छु र चिकित्सकको परामर्शको पूर्ण रूपमा पालना गर्दैछु । सबै काम भर्चुअल गर्दैछु,’ उनले ट्विटरमा लेखेका छन्।

मुख्यमन्त्रीका सबै काम भर्चुअल रूपमै सञ्चालन भइरहेको उनले बताए।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको छ। त्यहाँ दैनिक डेढ लाख बढी मानिसमा संक्रमण पुष्टि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!