हिपमत डटकम

बुधबार, बैशाख ०१, २०७८ || 1001  पटक पढिएको

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँ वर्षको अवसरमा अष्ट्रेलियामा तथा संसारका अन्य स्थानहरुमा बसोबास गर्ने नेपालीहरुलाई शुभकामना दिएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मरिसनले अष्ट्रेलियामा तथा संसारका नेपाली समुदायलाई शान्ति र सुरक्षाको कामना गर्दै नयाँ वर्षको शुभकामना दिएका हुन् ।
‘नयाँ वर्षको उत्सव अष्ट्रेलियाको फराकिलो समुदायलाई नेपालको अद्भूत सँस्कृतिका बारेमा अनुभव गराउने सुनौलो अवसर पनि हो,’ उनको विज्ञप्तिमा भनिएको छ ।

महामारीको समयमा अष्ट्रेलियाका बहुसाँस्कृतिक समुदायहरु सहकार्य र तागतको श्रोत भएको प्रशंसा गर्दै आगामी दिनमा पनि संसारकै सुनौलो भविष्यको लागि सहकार्य गर्ने बताए ।

‘महामारीका कारण यसपटको नयाँ बर्षको उत्सव विगतका वर्षहरुभन्दा फरक भएता पनि आगामी दिनहरु झनै राम्रा हुनेछन्,’ उनको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!